चितवन । चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। आज दिउँसो करिब ४ः३० बजे राप्ती नगरपालिका–५ भण्डाराबाट राप्ती नगरपालिका–११ थाकलटारतर्फ जाँदै गरेको बाप्र०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।