तनहुँ, २५ असार । अनौपचाकि क्षेत्र सेवा केन्द्र(ईन्सेक) तनहुँको जिल्लाको मानवअधिकारको अवस्था विषयमा अर्ध वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । मानवअधिकार निगरानी समुहका सदस्य वसुन्धरा घर्तिका अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वास्थ्य कार्यलय तनहूँका प्रमुख शंकर वावु अधिकारी रहनुभएको थियो ।
अर्धवार्षिक प्रतिवेदनमा नागरिकको राजनैतिक अधिकार, वडाध्यक्षवाट दुव्र्यवहार, प्रहरीमाथी कुटपिटको घटना, शिक्षाको अधिकार लगायतको विषयमा प्रतिवेदनमा समावेश गरिएका थिए । यसैगरि प्रतिवेदनमा स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, कोभिडको अवस्था, महिला तथा वालवालिकाको अधिकार, जातिय विभेद विरुद्धको अधिकार सम्वन्धि विषयमा सहभागीहरुमाझ छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरवावु अधिकारीले स्वास्थ्यका वारेमा चर्चा गर्नुभएको थियो । कोभिड–१९ ले जनजीवन नै तहसनहस भएको हुदाँ कोभिड सँग स्वास्थ्य सर्तकताका साथ जीवन यापन गर्नुभएको वताउनुभयो । कोभिडका संक्रमितहरुलाई समाजले हेर्न दुव्र्यवहार पनि मानवअधिकारको हनन भित्र पर्ने हुदाँ यसलाई पनि समावेश गर्नुपर्ने वताउनुभयो । कोभिड–१९, समाजमा अझै तिव्र रुपमा फैलन सक्ने हुदाँ यसवाट वच्नका लागी स्वास्थ्य सर्तकता अपनाउनुपर्ने वताउनुभयो ।
यसैगरि कार्यक्रमलाई नेकपा एमाले तनहुँका कार्यलय सचिव राजेश्वर ढकालले ईन्सेकले जारी गरेको प्रतिवेदनले समाजलाई सुसुचित गराउने भुमिका खेलेको वताउनुभयो । कार्यक्रममा नेकपा एमाले तनहुका सचिवालय सदस्य हरिराज कडेल लगायत मानवअधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैगरि कार्यक्रमका अध्यक्ष वसुन्धरा घर्तिले मानवअधिकारको भुमिका ले नै समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने वताउनुभयो । ईन्सेक तनहुँका प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले पेश गर्नुभएको प्रतिवेदनमा जिल्लाको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।