Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना पीडित र हाम्रो समाज

कोरोना पीडित र हाम्रो समाज

गायत्री अधिकारी

१६, कार्तिक २०७७
कोरोना पीडित र हाम्रो समाज
images

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणमा म पनि परें, बैंकिङ क्षेत्रको मेरो काम चनाखो त हुँदै आएको हुँ, सावधानीका हरेक सुत्रहरु पनि अवलम्बन गर्दा गर्दै पनि अन्नतः कोरोनाले आइसोलेशन सम्म पुर्याएरै छाड्यो ।

images
images

हल्ला गरिए जस्तो सामान्य छैन, कोरोनालाई जित्न त्यो मेरो अनुभव हो । कोरोना पीडितलाई अपराधीलाई गरे जस्तै हाम्रो समाजले गरेको अनुभव मैले पनि लिँए । संक्रमणलाई फैलन नदिन संक्रमितले जसरी सहजकता अपनाई कोरोना सँग लडि रहेको हुन्छ । त्यो लडाईलाई समुदायले पनि सहयोग गरेको पटक्कै अनुभुती गर्न सकिन तर पनि मेरो परिवार, अफिस र साथीहरुबाट क्षण क्षणमा मनोबल उच्च राख्न सल्लाह आईरह्यो र अन्ततः कोरोना मुक्त भएँ ।

कोरोना मुक्त हुँदै गर्दा मेरा केहि स्मरणहरु

प्यारी बैनी साबिबैनी र म सँगै बस्थ्यौं, म संक्रमित भए सँगै क्रिक रिसोर्ट मा बस्न गएँ, बहिनीको चिन्ता लाग्न थाल्यो । कोरोनाले असहज पारेको शरीरलाई विर्से बहिनीको लागि चिठी नै लेख्न पुगेछु ।

प्यारी बैनी साबि

क्रीक रिजोर्टमा यहाँ सब थोक छ, असी, टिभि, दराज, संगै बाथरुम , दुईवटा bed छ, तर पनि मनमा घरमा संगै बसेको मेरो बैनी र म त्यो पुरानो घर अनि त्यहाँको यादले सताई रहेको छ, बैनी आशा छ तिम्रो नि चाडैं चेक हुन्छ, मैले तिम्रो चेक गर्नको लागि झम्क काका, शिव सिलवाल, नारायण सिलवाल, कल्पना रेग्मी, हाम्रो बियम सर लगाएतलाई कुरा गरेको छु चिन्ता नलिग तिम्रो नि चेक हुन्छ र रिपोर्ट नेगेटिभ आउँछ ।
म नि चाडैं निको भएर आउने छु । आनि हामी रमाउदै संगै बसुला । मलाई कोरोना पोजेटिभ भएसी तिमीलाई र मलाई हेला गर्नेलाई कहिल्यै corona नलागोस यहि छ कामना । चिसो भएर होकि खोकी लागेको छ, घाती दु:खेको छ, ममिले कलमा भन्दै हुनुहुन्छ तातोपानी खाउ भनेर, तातो पानी नि खाएको छु ममी चिन्ता नलिनु । बैनी तिमिले ओइ, पानी खा छिटो भन्दै गिलास भरी दिएर, हेर त मैले सकि सकि भनेको याद आएको छ । तिमी नि पानी खाउ, गेडागुडीको झोल बनाउन लगाएर खाउ, दूध खाउ छिटो निको हुन्छ । मैले यहाँ ब्रेकफास्टमा bread, milk tea, fruite खाएको छु । तिमी नि ममीलाई भनेर fruite किनेर खाउ।
यहाँ कोरोना सँग लडिरहेको छु बस तिम्रो कमि छ ।, घरमा बुबा , आमा र ममीलाई चिन्ता नलिनु भन है । मलाई छोडेर उ राम्रो ठाँउमा गै नभन । आउ भन्दा तिमी आईनौं । जहाँ भए नि राम्रो सँग बस । उहि तिम्रो दिदि

बहिनीलाई पत्र एसएमस् गरेर कोरोनाले गलाईएको शरीर लिएर ओछ्यानमा पल्टिन्छु, हिजो झै मेरो बुढीआमा, मेरो बिरामी बुबा, दु:खी ममीलाई सम्झिदै आजको दिन त जसो तसो बित्यो, यसो झ्याल खोलेर हेर्नुपर्यो ! बाहिर ल झमक साँझ परेछ, अब मलाई आमाले खाना खान बुलाउनु हुन्छ भनेर कुरेको हुन्छ, म त्यही आस म कुरिरहे, मेरी आमाको स्वर कतै कानमा गुन्जिए जस्तो लाग्यो ।
आमा-‘ठुला उठ खाना खान “,
म हस आमा भन्दै उठे,त्यो त मेरो सपना रहेछ, बन्द कोठामै रोए, त्यतिकैमा ढोकामा ढाक् ढाक् आवाज आउँछ ।
“मेडम खाना आयो है !”- त्यहिको भाईको आवाज भित्र सम्म गुन्जिरहेको थियो ।
म-हस भाइ भन्दै बाहिर खाना लिन गए ।
खाना भित्र ल्याउँदै खाना घरको यादमा खाना खाय ।
जहिले आमालाई फोनमा घरमा हुँदा म ठुलो स्वारमा बोल्ने म, अहिले मनिलो स्वरमा बोल्न बाध्य छु ।
दिनहरु एवम् रूपमा चल्दै थियोे, यहाँ बस्ने सबैले pcr test को कुरा गर्दै थिए, आज ktm बाट मान्छे झिकेर check गर्ने रे ! मनमा कतै त्रास, कतै खुशिको मुद्रा झलक झल्किन थालेछ । त्यो दिन घरबाट टाढा भएको नि ८ दिन थियो ।
भित्र कोठामै बस्दा अरु म जस्तै covid पीडितहरु को आवाज नै मेरो सहारा थियो । सानिमामा काम गर्ने लक्ष्मी मेरो स्कुलको साथी भएकोले हामी दुबैलाई आलिकती सहज पक्कै भएको थियोे । घरबाट फोन आउँदा मेरो साथी लक्ष्मी छ, भन्दा घरमा ममिले पनि केही राहत भएको कुरा थाहा हुन्थ्यो । मलाई माया गर्ने मेरि आमा मेरो पीरले फोनमा कहिल्यै बोल्नु भयन । रोहि रहनु भयो । म नि आमाको यादमा रोहि रहे ।
अन्तत: आठौं दिन संक्रमितहरु कै पहलमा निजी खर्चमा जिल्ला मै पहिलो पटक कोरोनाको check, creek मै भयो, बस त्यो दिन रात रिपोर्टको आउँछ भन्दै मा रात बितेको पत्तै भएन ।बिहान हामी सबै रिपोर्टको पर्खैमा बसेका थियौ, कोहि त packing गरेर जाने तयारीमा हुनुहुन्थ्यो, कोहि घर गै सक्नु भएको थियो । म नि घर जाने खुसीमा दङ्ग थिए । साच्चै मैले युद्ध जितेको जस्तो लागि रहेको थियोे ।
अनि रिपोर्ट आयो – ve ।
मैले नि खल्तीबाट फोन झिक्दै mom म आज घर आउदै छु भने । मेरो ममिले खुशिले छिटो आइज भनु भयो ।
म त्यो नि एउटा पिजडाबाट उधेको चरी जस्तै भुर र उडेर गएँ कि हिडेर गएँ पत्तै नपाई घर पुगें ।
मेरो घरमा सब जना मेरो आगमनमा हुनुहुदो रहेछ ।
त्यो दिन फुलपातिको दिन थियो । साँच्चै यो दशैंमा मलाई नै फुलपातिको रुपमा भित्रीएको महसुस भएको थियो ।

मैले स्मरण लेख्दै गर्दा अन्तमा फेरि भन्छु । कोरोना जित्न धेरै सजिलो र सहज छैन मेरो अनुभुती हो । कोरोनाले सबैलाई पछ्याई रहेको छ । संक्रमणबाट जोगिन उच्चतम सहजकता अपनाउनै पर्छ । यो भन्दै गर्दा संक्रमितलाई अपराधी जास्तो नगरौं यो अवस्थामा संक्रमितको मनोबल बढाउँन स्वास्थ्यकर्मी, साथी भाई, नाता गोता, समाज सबैको सहानुभुती चाहिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १०:५४:०५ बजे

गायत्री अधिकारी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology