Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा निषेधाज्ञाः असार २४ सम्म लम्बियो, आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने 

तनहुँमा निषेधाज्ञाः असार २४ सम्म लम्बियो, आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७८
तनहुँमा निषेधाज्ञाः असार २४ सम्म लम्बियो, आईतबारबाट सरकारी कार्यालय खुल्ने, सार्वजनिक यातायात नखुल्ने 
images

तनहुँ, १५ असार । तनहुँमा आगामी आईतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैंक, बिमालगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा आईतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । तर सार्वजनिक यातायातका साधन भने तत्काल जोखिम कायमै रहेको भन्दै नखुलाइने भएको छ । 

प्रशासनले असार २४ सम्म तोकिएको निषेधाज्ञामा मापदण्ड पालना गर्न कडाई गर्ने पनि बताएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - १५:४६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology