Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा अभिभावक विहिन वालवालिकाको खोजीमा एस ओ एस वालग्राम

तनहुँमा अभिभावक विहिन वालवालिकाको खोजीमा एस ओ एस वालग्राम

बि.बि. श्रेष्ठ

१३, आषाढ २०७८
तनहुँमा अभिभावक विहिन वालवालिकाको खोजीमा एस ओ एस वालग्राम
images

तनहुँ, १३ असार । एस ओ एस वालग्राम नेपाल केशवटार शाखाले अभिभावक विहीन वालवालिकाको उद्दार उन्मुख कार्यक्रम संचालन गरेको छ । वालवालिकाको हक हित र उत्थानलाई मुख्य उद्येश्य वनाएर काम गर्दे आएको वालग्रामले आज व्यास नगरपालिका वडा नं १४ को वेलभ–याङ्गमा रहेको अभिभावक नभएको वालवालिकालाई वालअधिकार, शिक्षा र हक सम्वन्धि घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । 

images
images

समाजमा रहेका जसका अभिभावक छैन, अभावमा रहेको, शिक्षा र स्वास्थ्यको पहुँच नभएको वालवालिकाको क्षेत्रमा हामीले काम गर्दे आएको छौ । त्यही अन्र्तगत आज वेलभ–याङ्गमा वालवालिको खोजी गरेका हौ । जो वालवालिकाको अभिभावक छैनन, अभावमा रहेका छन्, उनिहरुलाई वालग्रामले शिक्षा, स्वास्थ्य र दैनिकी जीवन गुजारामा पनि सहयोग गर्दछौ । परियोजनाको संयोजक अमृत पन्थीले भन्नुभयो । 

वडासँगको समन्वयमा सम्पुर्ण वालवालिकालाई शिक्षा र स्वास्थ्य तथा अधिकारमा हाम्रो कर्तव्य हुनेछ । यसका लागी वडाध्यक्षको संयोजकत्वमा वडा सदस्यहरु, युवा क्लवका प्रतिनिधी, आमा समुहका प्रतिनिधी र विद्यालयका प्रधानाध्यापक सदस्य रहेको समितीले सहजीकरण गर्ने पनि वहाँले वताउनुभयो । 

समाजमा विपन्न वर्ग, त्यसमाथी जो वालवालिका शिक्षावाट टाढा रहेका छन्, उनिहरुलाई अपनत्व लिने काम गरेको केशवटार उच्च मावीका प्रधानाध्यापक दुर्गा वहादुर आलेले वताउनुभयो । वालवालिका मात्र हैन, विपन्न अभिभावक समेतलाई आय आर्जनमा सहजीकरण गरेर एसओएस वालग्रामले महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । 

यसैगरि वडाध्यक्ष काजीमान श्रेष्ठले एसओएसले व्यास–१४ को केशवटारमा समाजिक उत्तरदायित्व वहन गर्दे आएको वताउनुभयो । अहिलेको कार्यक्रमले वालवालिकाको आमावुवा नभएको, भएर पनि स्याहार सुसार नपाएका, अभिभावक गुमनाम भएको वालवालिकालाई शिक्षा, स्वास्थ्य र रोगजारीको लागी भुमिका खेल्दछ । 

जनताको आधारभुत आवश्यकतामा वालग्रामले खेलेको भुमिका अत्यन्तै सह्रायिन रहेको छन् । समाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कार्यक्रमले वडावासीले राहत महशुश गरेको छ, वडाध्यक्ष श्रेष्ठले वताउनुभयो । 
  

 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २१:४५:३९ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology