Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एकल महिलालाई उपाध्यक्षको कोसेली 

एकल महिलालाई उपाध्यक्षको कोसेली 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७८
एकल महिलालाई उपाध्यक्षको कोसेली 
images

काली बहादुर परियार, जुम्ला, १३ असार । जुम्लाको हिमा गाउँपालिकाले एकल महिलाई कोसेली दिने गरेको छ । एकल महिला संग उपाध्यक्ष कार्यक्रम अन्तरगत एकल महिलालाई कोसेली दिएको हो ।

हिमा गाउँपालिकामा धेरै एकल महिला र उहाँहरूले भोगिरहेको गरिबी, विभेद र अन्यायलाई सम्बोधन गर्नकै लागी एकल महिला संग उपाध्यक्ष कार्यक्रम ल्याएको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले जानकारी दिनु भयो ।

उहाँका अनुसार श्रीमान गुमाएका, हराएका, बेपत्ता पारिएका, सम्बन्ध विच्छेद गरेका, बिहे नगरी बसेका एकल महिला र न्युन आर्य भएका बिद्यार्थीलाई प्रोसान स्वरुप यस्तो कोसेली दिइको हो ।

उपाध्यक्ष रोकायाले कुनै पनि एकल महिलालाई समाजमा विभेद रहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि सशक्त गराउनका लागी यस्तो कार्यक्रम सुरु गरिएको रेडियो कर्णाली जुम्ला लाइ जानकारी दिनु भयो ।

संघियता पछि स्थानिय तहमा महिला जनप्रतिनिधि आएपछि एकल महिलाले राज्य पुगेको केही अनुभुती गरेको हिमा गाउँपालिकाका महिलाहरुको भनाइ रहेको छ । उनीहरुले स्थानिय सरकारले एकल महिलाका लागी प्रथामिकता कार्यक्रम गर्नु गौरवको कुरा भएको बताएका छन्  ।

उपाध्यक्ष रोकायाका अनुसार एकल महिलाको पीडा राम्रो सँग बुझ्नु पर्छ, अनि मात्रै हामी जनप्रतिनिधि भएको सार्थक हुन्छ  । हामी जनप्रतिनिधिले एकल महिलाका समस्या सम्बोधन गर्नमा पछि नपर्ने रोकायाको भनाइ छ । 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १९:२६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology