Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विहानैदेखि अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

विहानैदेखि अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

images

इच्छाकामना न्युज

९, आषाढ २०७८
विहानैदेखि अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा सुचारु
images

काठमाडौं, ९ असार । आज विहानैदेखि अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा सुचारु भएको छ । बिहानदेखि प्राविधिक समस्या देखिएको टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवा केहीबेर अघिबाट सुचारु भएको हो ।

आज बिहानैदेखि काठमाडौंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरहरुमा फोन नलाग्ने समस्या देखिएको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार एचएलआर नेटवर्कको डेटाबेसमा देखिको समस्याका कारण देशभरका पोस्टपेड र प्रिपेड मोबाइल सेवा अवरुद्ध भएको हो ।

समस्याको पहिचान भएपछि प्राविधिक टिमले समाधान गरिसकेको छ । ‘एचएलआर नेटवर्कको डेटाबेसमा समस्या आएको थियो, त्यो समस्या समाधान भइसक्यो’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ०९:२१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology