Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि फेन्सी पसलहरु पनि खुल्ने

तनहुँमा स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि फेन्सी पसलहरु पनि खुल्ने

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
तनहुँमा स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि फेन्सी पसलहरु पनि खुल्ने
images

तनहुँ, ६ असार । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार फेन्सी, किराना तथा भीडभाड नहुने खालका व्यापार व्यवसाय आजबाट दैनिक ३ घण्टा खोल्न दिने तनहुँ प्रशासनले जनाएको छ ।

व्यापारीहरुले आफूहरु संकटमा परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय खुल्न दिने वातावरण मिलाउन माग गरेका थिए ।

सोही अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सिफारिस दिए पछि अब प्रशासनले निषेध गरेका बाहेक सबै व्यवसाय खुल्न पाउने भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘भिडभाड हुने भनेर निषेध गरेका बाहेकका पसल विहान चार घण्टा खुल्नेछन् ।’

यस्ता व्यवसायका लागि हाल विहान ८ देखि ११ बजेको समय तोकिएको छ । तर यस अघि नै खुल्दै आएका अत्यावश्यक व्यवसाय भने एक घण्टा कम बिहान ५ देखि ९ बजेसम्म खुल्न पाउने भएका छन् ।

तर यसका लागि स्वास्थ्य मापदण्डको कडाई गर्न र नियम उल्लंघन भए कडा कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । तनहुँमा कोभिड संक्रमण गाउँमा बढी देखिएको भन्दै प्रशासनले व्यापार खुलाउन कडाई गर्दै आएको थियो ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - ०८:२३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology