Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा पुनः एक हप्ता निषेधाज्ञा थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने

तनहुँमा पुनः एक हप्ता निषेधाज्ञा थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने

images

इच्छाकामना न्युज

३०, जेठ २०७८
तनहुँमा पुनः एक हप्ता निषेधाज्ञा थप, बैंक खुल्ने, मोबाईल पसल पनि खोल्न पाइने
images

तनहुँ, ३० जेठ । मोडालिटी परिवर्तन गर्दै तनहुँ प्रशासनले तनहुँमा निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै थियो । यस अघि खोल्न नदिइएका पसल खोल्न पाउनुका साथै केहीको समय थप गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा अब बैंक तथा वित्तिय संस्था विहान 10 देखि दिउँसो एक बजेसम्म खुल्नेछ ।

तर अति आवश्यक परेकालाई मात्र सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

अब तनहुँमा मोबाईल पसल तथा सवारी साधन मर्मतका वर्कशप पनि खुल्न पाउने भएका छन् । तर त्यसका लागि विहान ५ देखि १० बजेको समय तोकिएको छ । यस अघि खुल्दै आएका अत्यावश्यकीय सामानका पसल पनि अब विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
अन्य व्यापार व्यवसायका हकमा भने कुनै थप निर्णय नभएको प्रशासनले जनाएको छ ।
bbb.jpg

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १७:४४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology