Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित ५ स्थानीय तहलाई पर्यटन व्यवसायी खत्रीद्वारा ६ वटा एम्बुलेन्स हस्तान्तरण

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित ५ स्थानीय तहलाई पर्यटन व्यवसायी खत्रीद्वारा ६ वटा एम्बुलेन्स हस्तान्तरण

इच्छाकामना न्युज

२६, जेठ २०७८
गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका सहित ५ स्थानीय तहलाई पर्यटन व्यवसायी खत्रीद्वारा ६ वटा एम्बुलेन्स हस्तान्तरण
images

गोरखा, २६ जेठ । गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका सहित जिल्लाको ५ वटा स्थानीय तहलाई संभव नेपाल काठमाण्डौ मार्फत ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। जिल्लाका पर्यटन व्यवसायी एवं  संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री मार्फत जिल्लाका ५ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

images
images

शहीदलखन, गण्डकी, भीमसेन थापा, धार्चे गाउँपालिकाको लागि एक÷एक वटा र गोरखा नगरपालिकाको लागि दुईवटा एम्बुलेन्स संभव नेपालले सहयोग गरेको छ ।

‘यस्तो माहामारीका बेला संभव नेपाल र अध्यक्ष प्रेम खत्रीले पुण्यको काम गर्नुभएको छ’ पालिका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रिय सदस्य पाण्डेले भने । दुर दराजका जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्सले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनले बताए । ‘अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी हुन सक्छन’ उनले भने ‘सबैले अव छिटो र सहज उपचार पाउँछन ।’ एम्बुलेन्स दुरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उनले सुझाब दिए ।

l.jpg

राष्ट्रिय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बुधवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच स्थानीय तहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स सहित स्वास्थ्य सामग्रीको मूल्य एक करोड भन्दामाथि रहेको संभव नेपालले जनाएको छ ।

‘कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेका हौँ’ संभव नेपालका अध्यक्ष खत्रीले भने । कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको उनले बताए । ‘एम्बुलेन्सलाई कोभिडका बिरामी बोक्न मिल्ने, समान्य उपचार सेवा दिन मिल्ने गरी बनाएका छौँ’ अध्यक्ष खत्रीले भने । ‘यो दुःखको बेला गोरखाका कोहीपनि नागरिक उपचार नपाएर मर्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ’ उनले भने ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङ्गता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताए । ‘संस्था र अध्यक्ष प्रेम खत्रीले स्थानीय तहहरुलाई ठुलो सहयोग गर्नुभएको छ, एम्बुलेन्सको हामी सही सदुपयोग गर्छौँ ।’ साथै उनले कोरोनाको पहिलो माहामारीका बेला थर्मल गन, एन्टिजेन किट लगायतका सामग्री सहयोग गरेर पालिकालाई मद्धत गरेको भन्दै महामारीका बेला पालिका मार्फत भएको सहयोगका प्रशंसा गरे । ‘पालिकालाई सहयोग भयो भने आवश्यकतामा आधारमा जनतालाई बितरण गर्छौँ, सेवा दिन्छौँ’ नगरप्रमुख पन्तले भने ‘सबैले यसरी सहयोग गर्नुपर्छ ।’

ambulance-1-768x431.jpg

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले एम्बुलेन्सको स्थानीय तहले सहि सदुपयोग गर्नेमा आशाबादी रहेको बताए । एम्बुलेन्स सँगै सेनिटाईजर, मास्क, ग्लोब्स, पिपिई, अक्सिमिटर, स्टेचर, एन्टिजिन किट, स्प्रे मेसिन, भिटिएम लगायतका सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आरुघाट र चुमनुब्री गाउँपालिकालाई मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष खत्रीले बताए ।

गोरखाको आरुघाट गाउँपालिका ८ घर भएका संभव नेपालका अध्यक्ष खत्रीले अफ्नो गृहजिल्लामा सहयोग गर्न पाउँदा खुसी मिलेको बताए । साथै उनले सहयोगलाई निरन्तरता दिने बताएका छन् ।संभव नेपालका अध्यक्ष खत्री नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं पर्यटन ब्यवशायी समेत हुन् । यस अघि पनि उनले कोरोनाको पहिलो लहरका बेला ४० लाख मूल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका थिए । संभव नेपालले आरुघाट गाउँपालिकाको मान्बुमा विद्यालयको होस्टल निर्माण, आरुपोखरीको भैरवी प्रावी निर्माण, भुकम्पपछिको पुन निर्माण यता बिभिन्न खालको सहयोग गर्दै आएको संभव नेपालका उत्तम अधिकारीले बताए ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १४:५४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology