Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना महामारी कै बेला हात धुने साबुनको भाउ २० देखि २५ प्रतिशतसम्म बढ्यो

कोरोना महामारी कै बेला हात धुने साबुनको भाउ २० देखि २५ प्रतिशतसम्म बढ्यो

images

इच्छाकामना न्युज

२६, जेठ २०७८
कोरोना महामारी कै बेला हात धुने साबुनको भाउ २० देखि २५ प्रतिशतसम्म बढ्यो
images

काठमाडौं, २६ जेठ । कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यकर्मी र विज्ञहरूले साबुन पानीले हात धुन सुझाव दिने गरेका छन् । अझ सरकारले सार्वजनिक रूपमा यसको विज्ञापनसँगै हरेक टेलिफोन र मोबाइलमा डायल गर्दा रिङटोनमै साबुन पानीको हात धुन सन्देश प्रवाह पनि गरिरहेको छ । तर, त्यही साबुनको भाउ बढ्दै गएको छ ।

बजारमा अधिकांश वस्तुको मूल्य बढिरहेको बेला सरसफाइका लागि प्रयोग हुने साबुनको मूल्य २० देखि २५ प्रतिशतले बढेको छ । हात धुनकै लागि प्रयोग हुने साबुनको समेत मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको छ ।

साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै उद्योगले साबुन, सोडाको मूल्य बढाएका छन् । कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाउँदै उद्योगीले नुुहाउन र कपडा धुनका लागि प्रयोग हुने साबुन, भाडा धुने साबुन, सोडा सबैको मूल्य बढाएका छन् ।

दिनेश साबुन उद्योगका सञ्चालक मुकुन्द घिमिरेले साबुनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएकाले साबुन सरफको मूल्य २० देखि २५ प्रतिशत बढ्न गएको बताए । “अहिले साबुनको होलसेल मूल्यमात्र बढेको छ,” उनले भने, “असार महिनादेखि खुद्रा मूल्यसमेत बढ्छ ।” कोभिडको बेला अनिवार्य रूपमा हात धुनुपर्ने भएपछि बजारमा खपत पनि बढेको उनले जानकारी दिए ।

साबुन बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । पछिल्लो एक सातादेखि बजारमा खुद्रा व्यवसायीले मूल्य बढेर आएको भन्दै साबुनको मूल्य बढाएको छ । प्रतिगोटा साबुनमा ५ देखि ७ रुपैयाँ बढ्न गएको छ । ३५ रुपैयाँ पर्ने एक सय ग्रामको लक्स साबुनको मूल्य बढेर ४० पुगेको छ । यस्तै ३० रुपैयाँ पर्ने एक सय ग्रामको लाइफव्याई साबुन बढेर ३५ रुपैयाँ पुुगेको छ ।

यस्तै यसअघि ६० रुपैयाँ पर्ने ५ सय ग्रामको सरफमा ७ रुपैयाँ बढेर ६७ पुगेको छ । कच्चा पदार्थ मूल्य ६ महिना अघिदेखि नै बढे पनि बजार बन्द भएकाले यस अघि मूल्य नबढाएको र बजार खुल्दा बित्तिकै अझ मूल्य बढने उद्योगीको भनाइ छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - ०९:३६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology