Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जिल्लाका पत्रकारलाई खोप लगाउन माग गर्दै पत्रकार महासंघ चितवनले बुझायो ज्ञापन पत्र

जिल्लाका पत्रकारलाई खोप लगाउन माग गर्दै पत्रकार महासंघ चितवनले बुझायो ज्ञापन पत्र

images

इच्छाकामना न्युज

२५, जेठ २०७८
जिल्लाका पत्रकारलाई खोप लगाउन माग गर्दै पत्रकार महासंघ चितवनले बुझायो ज्ञापन पत्र
images

चितवन,२५ जेठ । कोरोना भाईरस विरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै अघिल्लो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई प्राथमिकता दिएर उपलब्ध गराईदिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष नारायण अधिकारीले ज्ञापनपत्र बुझाउँदै भने “स्वास्थ्यकर्मीसँगै अग्रमोर्चामा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्दछौं ।” उनले जिल्लामा महासंघका १५० हाराहारी सदस्य खोप लगाउनबाट छुटेको जानकारी दिए । उनले महासंघको सदस्य नरहेका तर सञ्चारक्षेत्रमा खटिएका अरु थप पत्रकारहरु पनि रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि खोप लगाउने व्यवस्था गरिदिन आग्रह गरे ।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - २२:१०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology