चितवन, २५ जेठ । चितवनमा ३ हजार ९४६ जनाले कोभिड –१९ विरुद्धको खोप लगाएका छन्। आज पहिलो दिन सात वटै वडामा गरि उक्त संख्यामा जेष्ठ नागरिकहरले खोप लगएका हुन् ।
खोप लगाउनेहरुमा १ हजार ८६० महिला र २ हजार ८६ पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भोली सम्म हुने उक्त अभियानमा ६२, ६३ र ६४ बर्ष उमेरका जेष्ठ नागरिकहरुलाई खोप लगाइने छ ।
यसैबिच चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा आज पहिलो दिन ७५ जनाले खोप लगाएका छन् । ३३ महिला र ४२ पुरुषले खोप लगाएका हुन् ।