Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाको आगामी बजेट, निति तथा कार्यक्रमको लागि सुझाव माग

इच्छाकामना गाउँपालिकाको आगामी बजेट, निति तथा कार्यक्रमको लागि सुझाव माग

इच्छाकामना न्युज

२३, जेठ २०७८
इच्छाकामना गाउँपालिकाको आगामी बजेट, निति तथा कार्यक्रमको लागि सुझाव माग
images

कुरिनटार, २३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो । 

images
images

प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् । 

196297190_994633471075524_5246975691263624813_n.jpg

सोही सम्बन्धमा जेठ मसान्तसम्म सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताए। ‘गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ’, अध्यक्ष गुरुङले भने –‘सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।’ बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उनले बताए। 

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २१:२०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology