Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन समिति गठन 

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन समिति गठन 

इच्छाकामना न्युज

२२, जेठ २०७८
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन समिति गठन 
images

जनकपुर, २२ जेठ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति गन गर्नुभएको छ ।

images
images

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गर्नुभएको हो ।

समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्ने मन्त्री अरगरियाको सचिवालयले जनाएको छ । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा मन्त्री अरगरियाले जोड दिनुभयो ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०९:१३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology