चितवन, १२ जेठ । चितवनमा एक जना फारार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्धामा जेल सजाय र जरिवाना रकम तोकिएका भरतपुर महानगरपालिका २४ का पदम बहादुर तामाङलाई प्रकाउ गरिएको हो ।
उनलाई लागु औषध गाँजा मुद्दामा जिल्ला अदालत चितवनले को मिति २०७७ चैत १२ गतेको आदेशले ७(सात) बर्ष कैद र रू. ७०,०००. ( सत्तरी हजार रुपैया) जरिवाना र रु. २,८००। (अठ्ठाईस सय) रुपैया राहत कोषमा दाखिला गर्नुपर्ने भनि फैसला सुनाएको थियो ।
उनलाई मंगलबारगते पकाउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालत मार्फत कारागार कार्यालय भरतपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।