चितवन,१२ जेठ । चितवनमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भन्ने तारानाथ पाण्डे र भरतपुर महानगरपालिका वडा नम्बर ११ का रजत श्रेष्ठ रहेका छन् ।
आइतबार राप्ती नगरपालिका वडा नम्बर ३ गड्यौलीबाट लागु औषध नाईट्राजेपाम ४९० ट्याब्लेट सहित पाण्डे र सोमबार भरतपुर भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोतचोक नजिकै रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्या चितवनका प्रवक्ता प्रहरी नाय उपरिक्षक सूर्य बहादुर थापाले बताउनुभयो ।
श्रेष्ठको पसलबाट केयरज्याक १७ एम्पुल नुरफिन १७ एम्पुल, फेनेरागन १७ एम्पुल, नाइट्रभेट –१० ३८ ट्याब्लेट सहित पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले प्रवक्ता थापाले बताउनभयो ।