Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टर्कीबाट कर्णालीमा पुगे दाँते ओखरका बिरुवा 

टर्कीबाट कर्णालीमा पुगे दाँते ओखरका बिरुवा 

टर्कीबाट कर्णालीमा पुगे दाँते ओखरका बिरुवा 
images

खड्क सुनार, मुगु, १ जेठ । टर्किबाट ल्याईएका दाँते ओखरका विरुवा मुगु, हुम्ला र डोल्पामा पु¥र्याइएको छ । कृषि निर्देशनालय सुर्खेतको सहयोगमा कृषि बिकास कार्यालय मुगु, हुम्ला र डोल्पामा दाँते ओखरका विरुवा ल्याईएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ ।

images
images

कर्णालीका ३ जिल्लाका लागी ३२ हजार बोट दाँते ओखर भित्रिएका हुन् । जसमा मुगु ८ हजार , हुम्लामा ६ हजार र डोल्पामा १८ हजार दाँते ओखरका बिरुवा भित्रिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताउनुभयो ।

टर्किमा उत्पादन भएका विभिन्न उन्नत जातका विरुवा मध्य मुगुमा च्यालेन्दर र फ्रान्कुटे गरि २ जातका विरुवा रहेका छन् भने डोल्पामा ४ जातका र हुम्लामा पनि २ जातका विरुवा पुगेको छ । १५ प्रतिशत कृषक र ८५ प्रतिशत अनुदानको लागतमा विरुवा वितरण गरिएको हो ।

ओखरका विरुवा फागुन चैत महिनामा वितरण गरिनु पर्ने तर समय भन्दा पर वितरण गर्दा उत्पादनमा समस्या आउने कृषकहरुको आसंका रहेको छ । ग्राफ्टीङ्ग विधिद्धारा उत्पादन गरिएका दाँते ओखरका विरुवा टर्किमा प्रतिबोट ५ सय ९ रुपैया परेको बताईएको छ । 

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १८:४०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology