Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनीका भोला गंगाजुद्वारा छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार 

आँबुखैरेनीका भोला गंगाजुद्वारा छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार 

इच्छाकामना न्युज

२५, बैशाख २०७८
आँबुखैरेनीका भोला गंगाजुद्वारा छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार 

आँबुखैरेनी, २५ बैंशाख । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा आफ्नो सन्तानको भावी सुरक्षाको लागि अभिभावकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको हो । 

images

यसै क्रममा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ निवासी भोला गंगजुले आज आफ्नो छोरी संजिला गंगजुको १९ औं जन्मदिनको अवसरमा सावधिक जिवन बिमा अन्तर्गत १० लाख रुपैयाँ बराबरको बिमा पोलिसी उपहार दिएका छन ।

युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनीका एजेन्सी म्यानेजर समेत रहनुभएका गंगजुले भबिष्य सुनिश्चितको लागि छोरीको जन्मदिवसको अबसरमा १० लाख रूपियाँ बराबरको बिमा पोलिसी उपहार दिएको युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनी शाखाका म्यानेजर सबिता भट्टराईले जानकारी दिनुभयो । 

गंगाजुले यस अघि पनि आफ्नो जेठी छोरीको बिहेमा दाईजो स्वरुप एक मुष्ठ १० लाख रुपैंयाको बिमा पोलिसी प्रदान गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:४६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology