Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एनआईसी एसिया बैंकको ब्रम्हलुटः महामारीको बेला ऋणीसँग चर्को व्याज असुल्दै

एनआईसी एसिया बैंकको ब्रम्हलुटः महामारीको बेला ऋणीसँग चर्को व्याज असुल्दै

‘बैंक पनि साथी पनि’ हैन ‘बैंक पनि सामन्ति पनि’

images

इच्छाकामना न्युज

२२, बैशाख २०७८
एनआईसी एसिया बैंकको ब्रम्हलुटः महामारीको बेला ऋणीसँग चर्को व्याज असुल्दै
images

काठमाडौं, २२ बैशाख । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ । तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५.७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परो ।’

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १२:१४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology