Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बैतडीमा पोष्टमाटमको लागि शव ल्याउदै गर्दा जिप दुर्घटना, ५ जनाको मृत्यु  

बैतडीमा पोष्टमाटमको लागि शव ल्याउदै गर्दा जिप दुर्घटना, ५ जनाको मृत्यु  

images

सिआईएन

२१, बैशाख २०७८
बैतडीमा पोष्टमाटमको लागि शव ल्याउदै गर्दा जिप दुर्घटना, ५ जनाको मृत्यु  
images

भुबि बिष्ट, बैतडी, २१ बैशाख । बैैतडीको पञ्चेश्वर गाउँपालिकामा शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गरेको जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । आज दिउसो से १ ज १८३ नम्बर को जिप पञ्चेश्वर गाउँपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटना हुदा चालक सहित ५ जनाको मृत्यु भएको हो ।

४ जनाको घटनास्थलमै र चालकको उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । मृत्यु हुनेमा चालक तेज भण्डारीसँगै पञ्चेश्वर गाँउपालिका वडा नं ६ का अन्ताजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइदै छ ।  हिजो राती वडा नं ६ कै वडा सदस्य गाबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उनकै शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा दुर्घटनामा परेको हो । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २१:१४:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology