Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन 

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन 

images

इच्छाकामना न्युज

१९, बैशाख २०७८
२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन 
images

काठमाण्डौ, १९ बैशाख । कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ ।

निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ ।

प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै काम गर्ने बिषयलाइ  जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २०:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology