Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार 

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार 

images

इच्छाकामना न्युज

१, बैशाख २०७८
नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार 
images

काठमाण्डौ, १ वैशाख । सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा लागेको छ । नेपालको संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।

बजेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेको हो । हाल प्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताका कार्यक्रम र आवश्यक नीति तथा बजेटको योजना बनाइरहेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कोरोना भाइरसले ल्याएका चुनौती सामना गर्ने गरी तयार भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा मन्त्री पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तलाई आत्मसाथ गर्दै कोरोनाले मुलुकमा ल्याएका चुनौती सामना गर्ने गरी बजेट ल्याइने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटको तयारी बारे समितिमा छलफल भएको थियो । कोरोनाले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ११:४८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology