Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी

पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी

images

इच्छाकामना न्युज

२२, चैत्र २०७७
पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेद्वारी
images

तनहुँ, २२ चैत । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । चैत २५ गते हुने निर्वाचनका लागि आइतबार प्रेस युनियनका तर्फबाट शेष मोहम्मद हनिफ ९गोरा मियाँ० र प्रेस चौतारी तथा प्रेस मञ्चका तर्फबाट उज्वल पौडेल उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस पटक केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान हुँदैछ । तनहुँ शाखामा २९ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा छन् । पदाधिकारी तथा सदस्य १८, केन्द्रीय परिषद् सदस्य तीन र गण्डकी प्रदेश परिषद् सदस्य ८ जनाका लागि चुनाव हुँदैछ ।

महासङ्घको शाखा उपाध्यक्षमा धनपति अधिकारी र समुन्द्र पौडेल, महिला उपाध्यक्षमा अस्मिता खनाल र सम्झना रसाइली, सचिवमा कृष्णचन्द्र न्यौपाने र प्रताप राना, सहसचिव खुल्लामा ऋषिकान्त दुवाडी र प्रकाश अधिकारी, सहसचिव समावेशीमा मिलाकुमारी दरै र सुनिता आचार्य, कोषाध्यक्षमा विमला दुवाडी र मदन तिमिल्सिनाको उम्मेदवारी परेको छ ।

सदस्य खुल्लामा उपेन्द्र खनाल, किरण श्रेष्ठ, चित्रबहादुर गुरुङ, धुरवराज सुवेदी, प्रकृती खनाल, विनोद ढुङ्गाना, रवीन्द्र कंडेल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल, सूर्यभक्त पौडेलको उम्मेदवारी परेको छ । महिला सदस्यमा विन्दु वाग्ले र सुनिता थापा, जनजाति सदस्यमा राजकुमार श्रेष्ठ (विवि) र सिर्जना राना, दलित सदस्यमा अशोक विश्वकर्मा र मुना कालिराज विकेको उम्मेदवारी परेको छ भने समावेशी अन्य सदस्यमा रामशरण नेपालीको मात्रै उम्मेदवारी परेको छ ।

केन्द्रीय परिषद् सदस्यमा महिलातर्फ अञ्जना तिमिल्सिना र बसन्ती बास्तोला, समावेशीमा रामबहादुर घले, ओमकार आचार्य र मनोरथ शर्माको उम्मेदवारी परेको छ । प्रदेश परिषद सदस्यका लागि इश्वरीप्रसाद ढकाल, दिवस तिवारी, पूर्णबहादुर विके, मदन वाग्ले, रघुनाथ पौडेल, रमेश विकल, रविना ढकाल, राजकुमार श्रेष्ठ, राजिवलाल श्रेष्ठ र शङ्करराज नहर्कीको उम्मेदवारी परेको छ ।

निर्वाचन तालिका अनुसार चैत २३ गते अपरान्ह १२३० बजेसम्म उम्मेदवार उपरको दावी विरोध, दिउँसो २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन । चैत २३ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत २५ गते बिहान ९ बजदेखि साँझ ५ बजेसम्म मतदान हनेछ । मतदानमा १ सय १६ मतदाताले सहभागिता जनाउनेछन् ।

खबरपुञ्ज डटकमबाट

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २१:२५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology