Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

व्यासको सत्यवती गुफाका लागी  तीन लाखको अक्षयकोष स्थापना

व्यासको सत्यवती गुफाका लागी  तीन लाखको अक्षयकोष स्थापना

बि.बि. श्रेष्ठ

१, कार्तिक २०७७
व्यासको सत्यवती गुफाका लागी  तीन लाखको अक्षयकोष स्थापना
images

दमौली, १ कार्तिक । व्यास–५, सिर्दिमा रहेको सत्यवती  गुफामा तीन लाखको अक्षयकोष स्थापना गरिएको छ। सत्यवतीगुफा गुप्तेश्वर महादेव मन्दिर संचालनका लागी समुदाय स्तरवाट मन्दिरको संरक्षण र स्त्तरोन्नतीका लागी अक्षयकोष स्थापना गरिएको मन्दिर संरक्षण समितीको अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिनुभयो। 
स्थानिय स्तरवाट उठेको अक्षयकोष सिर्दि टोल विकास समितीका अध्यक्षलाई हस्तान्तरण गर्दे व्यास ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले स्थानिय जनसमुदाय वाट नै संकलित रकमले मन्दिरको स्त्तरोन्नती र विकासमा सहयोग पुग्ने वताउनुभयो । जनतानै स्वतः जागरुक भएर अक्षयकोष स्थापनाले पनि गुफा र मन्दिरको महत्व कति रहेछ भन्ने पुष्टि हुन्छ वडाध्यक्ष श्रेष्ठले वताए। प्रति स्थानिय वासिन्दा १००५।– का दरले हामीले ३०० जना स्थानिय सँग हामीले अक्षयकोष संकलन गरेका छौ, सवैका सहयोगले अव गुफा र मन्दिरको संरक्षण गर्नेछ, संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठले वताए। 
सत्यवती गुफा गुप्तेश्वर महादेव मन्दिरको आफनै विशेषता रहेको धार्मिक विश्वास रहेको छ। मन्दिरको दर्शन गरेमा मनोकामना पुरा हुने आस्था रहेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद पण्डितले जानकारी दिए । वहाँले धार्मिक तथा पौराणिक रुपमा रहेको मन्दिर र गुफाको संरक्षण गरेमा आन्तरिक तथा वाह्य पर्यटक समेत भित्राउन सकिने धारणा राखे। 

images
images

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १०:१२:४२ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology