Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत दासढुङ्गामा ट्रक र कार ठोक्कियो, २ जनाको मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत दासढुङ्गामा ट्रक र कार ठोक्कियो, २ जनाको मृत्यु

images

इच्छाकामना न्युज

११, चैत्र २०७७
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत दासढुङ्गामा ट्रक र कार ठोक्कियो, २ जनाको मृत्यु
images

चितवन, ११ चैत । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत दासढुंगामा आज (बुधबार) अपरान्ह कार र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाइते भएका छन् ।

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आईचर ट्रक र विपरीत दिसाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको थियो ।

164799150_262751655521247_8457773056129212714_n.jpg

दुर्घटनामा परी कारमा सवार तनँहु स्याम्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परी कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने वर्ष ४२ का पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने वर्ष ४२ का प्रसाद थापा र तनहुं ब्यास नगरपालिका–६ बस्ने वर्ष ४० को जसमान परियार घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १९:२६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology