बाजुरा, ६ फागुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ वस्ने तारा कार्कीले आफ्नो बुवाको क्रियाकर्म आफै गर्दै उदाहरणीय काम गर्नुभएको छ । गएको बुधवार वुवाको मृत्यु पछि हिरा कार्कीकी छोरी तारा कार्कीले आफ्ना बुवाको काजक्रिया आफै गर्ने निर्णय गर्नुभएको हो ।
छोरीले काज क्रिया त के घाट सम्म पनि जानु हुदैन भन्ने समाजमा बसेर वुवाको काजक्रिया गर्न सजिलो नभए पनि छोरा समान छोरी पनि हुन भन्दै मृत्यु बुवाको अन्तीम संस्कार आफैले गरेको उहाँले बताउनुभयो । बर्षौ देखि जगडीएको पृतीसत्तात्मक ब्यवहारले छोरीलाई सन्तान नै होइनन् भन्ने विभेदकारी ब्यवहारको अन्त्यका लागि यो एक गतिलो उदाहरण पनि हो ।
आफ्नो दाई भाई नभएकाले बुवाको पालन पोषणका लागि आफू बाजुरामै बसेको र मृत्यु पश्चात पनि अन्तिम कर्म आफैले गरिरहेको तारा कार्कीकी बहिनी मनिशा कार्कीले बताउनुभयो । चैत्र ४ गते दिउसो बुवाको मृत्यु हुदा आफै घाट सम्म गएर दाग वत्ति दिएको पनि उहाँले बताउनुभयो ।