Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अबको २ महिना सबै दिन गोरखा संग्राहलय खुल्ने

अबको २ महिना सबै दिन गोरखा संग्राहलय खुल्ने

images

इच्छाकामना न्युज

२, चैत्र २०७७
अबको २ महिना सबै दिन गोरखा संग्राहलय खुल्ने
images

२०७७ चैत र २०७८ बैशाख महिनामा सबै दिन गोरखा संङ्ग्रहालय खुल्ने भएको छ । यस अघि हरेक मंगलवार र तथा अन्य सार्वजनीक बिदाको दिन बन्द हुँदै आएको संङ्ग्रहालयको प्रदर्शनी कक्षहरु खुल्ला रहने कार्यालय प्रमुख नबराज अधिकारीले बताए ।

२०७८ जेठ देखि भने पूर्ववत अवस्थामै प्रदर्शनी कक्षहरु खुल्ने संङ्ग्रहालयले जारी गरेको सुचनामा उल्लेख छ । दर्शकको सुविधालाई मध्यनजर गर्दै पुरातत्व बिभागको सहमतीमा आउँदै गरको फागु पर्व र नयाँ वर्ष २०७८ लाई लक्षित गरेर संङ्ग्रहालय सबै दिन खुल्ला गर्ने निर्णय भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

गोरखा भ्रमण आएका पर्यटक संङ्ग्रहालय बन्द भएको दिन बिना अवलोकन फर्कनुपर्दा दुखेसो गर्ने गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २२:३१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology