Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखा अस्पतालः जहाँ उपचार भन्दा बढि रिफर हुन्छ

गोरखा अस्पतालः जहाँ उपचार भन्दा बढि रिफर हुन्छ

images

इच्छाकामना न्युज

२, चैत्र २०७७
गोरखा अस्पतालः जहाँ उपचार भन्दा बढि रिफर हुन्छ
images

गोरखा, २ चैत । गोरखा अस्पतालमा दैनिक ५० देखि ८० जना बिरामीले ओपिडी जाँच गराउँछन् । अस्पतालको वार्डमा एक सयदेखि एक सय ५० जनासम्म बिरामी मासिक भर्ना हुन्छन् । यो संख्यामा भर्ना हुँदा न्यूनतम १० देखि अधिकतम २० जना रिफर हुने गरेका छन् ।अस्पालले उपलब्ध गराएको अभिलेखअनुसार साउन महिनामा एक सय ५८ जना बिरामी भर्ना भएको गोरखा अस्पतालको वार्डमा २६ जना रिफर भए । गत पुस महिनामा एक सय जना भर्ना हुँदा २० जना अन्यत्र रिफर भए ।

प्रशुती हुन आएकाहरुको रिफर हुने दर बढी छ । गतसाउनदेखि माघ महिनामा गोरखा अस्पतालले तीन जनालाई मात्रै शल्यक्रिया गराए प्रशुती सेवा दिएको छ । छ महिनको अवधीमा गोरखा अस्पतालले ६३ जनालाई सुत्केरी नगराई रिफर गरेको छ । अस्पतालले शल्यक्रिया सेवा दिन नसकेपछि अधिकांश चितवन, काठमाण्डौँ रिफर गर्ने गरेको देखिन्छ । अस्पतालले समान्य प्रसुति सेवा मात्रै दिँदै आएको छ । अस्पताल विकास समितिले विषेशज्ञ चिकित्सक भर्ना नगरी अप्राविधिक कर्मचारी धेरै भर्ना गरेका कारण सेवा प्रभावकारी नभएको हो ।

इमर्जेन्सीबाट रिफर हुनेको संख्या एक सय २५ रहेको छ । यी मध्ये टाउको र ढाडको गम्भिर चोट, सडक दुर्घटना, कुटपिटका बिरामी धेरै रहेको अस्पतालका डाक्टर सुरज ढकालले बताए । सबै खाले विषेशज्ञ जनशक्ति नभएपछि अस्पतालमा हाल कार्यरत स्वास्थ्यकर्मीले जोखिम लिन नचाहने र सिधै रिफरलाई प्राथमिकता दिने गरेको गुनासो बिरामीहरुको आउने गर्छ ।
छ महिनाको अवधिमा स्वास्थ्य बिमा कार्यक्रमबाट रिफर हुनेको संख्या एक हजार तीन सय ३७ रहेको छ । मुटुरोग, मृगौला, नशा, मस्तिष्क लगायत कडा खालका बिरामी अस्पतालमा यी सेवा नपाउने भएपछि पहिलो प्राथमिकता रिफर चाहन्छन् ।
तर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले भने भौतिक संरचना निर्माणको क्रममा रहेकाले चाहेजति सेवा दिन नसकेको तर्क गरिन् । ‘हामीले चाहेजति सेवा दिन सकेका छैनौँ’, उनले भनिन्, ‘आवास गृहबाट अस्पताल संचालन गर्नु परेको छ ।’

गोरखा अस्पतालको सुविधा सम्पन्न भबन निर्माणाधिन छ । उक्त भबन पूरा हुँदासम्म अहिले भएको जनशक्ति रहने हो भने सहज सेवा दिन सकिने बताउँदै उनले भनिन्, ‘अस्पतालको भवन निर्माण पूरा हुँदा यो जनशक्ति रहन्छन् या रहँदैनन् भन्ने चिन्ता हो ।’ अस्पताल ५० शैयाको भनिएपनि इमर्जेन्सी, जनरल, शल्यक्रिया गरी ३१ वेड मात्र रहेको उनले बताइन् । सेवा कम र कर्मचारी भने अस्पतालले धेरै भर्ती गरेको छ ।

दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २२:२४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology