गोरखा, २८ असोज
बुधबार गोरखामा १७ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा जिल्लाको गण्डकी गाउँपालिकाका ७ जना, धार्चे गाउँपालिकाका १ जना र गोरखा नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये गोरखा नगरपालिका २, ६, ७ र १० का गरी ९ जनारहेका छन। जस मध्ये गोरखा नगरपालिका २ मा १ जना पुरुष, ६ मा १/१ महिला पुरुष, ७ मा २ जना महिला र ३ जना पुरुषका साथै १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
गण्डकी गाउँपालिका पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठका अनुसार गाउँपालिका १ को वडा सचिवलाई संक्रमण भएको छ । त्यस्तै गरी वडा नम्बर ८ मा हाइड्रो पावरमा काम गर्ने २ जना २ जना स्थानियका साथै वडा नम्बर ७ मा विदेशबाट आएका ब्यक्तिको परिवारका सदस्य र अर्का १ जना स्थानियलाई संक्रमण पुष्टी भएको हो ।
धार्चे गाउँपालिकामा संकलित स्वाब परिक्षणका क्रममा त्यस क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो।धार्चेमा कोरोना संक्रमण देखिएका ब्यत्ति श्री स्वाराँ सघन गाउँ विकास केन्द्रमा काम गर्ने पुरुष कर्मचारी भएको पुष्टी भएको छ ।
यद्यपी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको संक्रमितमध्ये १६ जना गण्डकी गाउँपालिकाको भएको जनाएको भए पनि पालिकाहरुका अनुसार सवै गण्डकी गाउँपालिका भित्रका मात्र नभएको खुलेको हो।
आज थपिएका संक्रमितसहित गोरखामा कोरोना संक्रमितहरुको संख्या ३ सय ३९ जना पुगेको छ ।