Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनापछि अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढ्यो  

कोरोनापछि अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढ्यो  

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
कोरोनापछि अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढ्यो  
images

एकेन्द्र खत्री, अछाम, २९ फागुन ।  कोरोना पछि अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढेको छ । जसले गर्दा विद्यार्थीको पठनपाठन देखि सामाजिक कामहरुमा पनि प्रभाब परिरहेको छ ।  रोजगारी गुमाएर १७ हजार मानिस भारत लगाएत अन्य मुलुकबाट अछाममा फर्किएका छन् । गाउँ फर्किनेहरु सबै जसो पुरुष भएकाले मदिराको अब्यावस्थित बिक्री तथा सेवन बढेको छ ।

images
images

अव्यवस्थितरुपमा बढेको मदिरा बेचबिखन तथा सेवनले बालबालिकाको पठनपाठन समेतमा प्रभाब परेको छ भने बिकास निर्माणका काम पनि असर परेको साँफेबगर नगरपालिका नगरस्तरि युवा क्लबका अध्यक्ष पूजा बुढाले बताउनुभयो ।  मदिराको जथाभावी बेचबिखन र सेवनमा रोक लगाईएको त्यसलाइ कार्यान्वयनमा लैजान नसकिएको साँफेबगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष उजिरसिंह साउद स्वीकार गर्नुहुन्छ ।  

जिल्ला प्रहरी कार्यालय अछामले चालु आर्थिक वर्षमा अहिले सम्म ७ हजार ४ सय ९ लिटर अवैध तथा घरेलु मदिरा बरामद गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा करिब ४ हजार लिटर मात्रै मदिरा नष्ट भएको थियो ।

बेरोजगारीको समस्याले मदिरा बनाउने र खाने दर बढेको देखिएको जिल्ला प्रहरी कार्यालय अछामका इन्स्पेक्टर तथा निमित्त कार्यालय प्रमुख गङ्गादत्त बढु बताउनुहुन्छ ।  अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायमदिराको अव्यवस्थित बिक्रि र सेवनलाइ नियन्त्रण गर्न सरोकारवालालाइ अनुगमनमा खटाएको बताउनुहुन्छ ।

तर जथाभावी हुने मदिराको बिक्रिले नागरिकको स्वास्थ्यमा मात्रै होइन, सामाजिक प्रतिष्ठामा पनि असर पु¥याइरहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:१०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology