Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध

लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध

इच्छाकामना न्युज

१९, चैत्र २०८२
लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध
images

नवीनराज कुइँकेल
लमजुङ ।
 लमजुङमा बर्ड फ्लू रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । मंगलबार जिल्लास्थित पोल्ट्री व्यवसायीहरूसँगको छलफलपछि बसेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

images
images

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य सचिव एवम् भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बर्डफ्लू संक्रमणको जोखिम, सम्भाव्यता र जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । हाल चितवन लगायतका विभिन्न स्थानमा देखिएको बर्डफ्लू संक्रमण जिल्लामा फैलिन नदिन तयारी कुखुरा, अण्डा तथा अन्य मासुजन्य वस्तुहरूको आयातमा रोक लगाउने निर्णय गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो । यद्यपि, जिल्ला बाहिरबाट कुखुराका चल्ला ल्याउनुपरेमा अनिवार्य रूपमा भेटेरिनरी जाँच प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्लामा पछिल्ला वर्षहरूमा कुनै पनि पन्छीमा बर्डफ्लू संक्रमण नदेखिएको उल्लेख गर्दै आगामी दिनमा पनि रोग फैलिन नदिन उच्च सतर्कता अपनाउने निर्णय बैठकले गरेको छ । रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका कुखुरा फार्महरूमा नियमित नमुना परीक्षणलाई निरन्तरता दिने जनाएको छ । यसका अतिरिक्त, बर्डफ्लूसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने योजना पनि बनाइएको छ ।

बर्ड फ्लू भाइरसजन्य पन्छी रोग हो, जुन मुख्यतः जंगली पन्छीहरूमा स्वाभाविक रूपमा पाइन्छ । यो कुखुरामा अत्यन्तै संक्रामक रोगका रूपमा फैलिन्छ र संक्रमित पन्छीसँगको सम्पर्कबाट सजिलै सर्ने गर्दछ । यस रोगका कारण विभिन्न समयमा कुखुरा पालन व्यवसायले ठूलो क्षति बेहोर्नुपरेको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १०:२९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology