Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

शिखर पावरले फागुन १७ देखि आईपीओ निष्कासन गर्ने

शिखर पावरले फागुन १७ देखि आईपीओ निष्कासन गर्ने

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
शिखर पावरले फागुन १७ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

images

निष्कासनमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म खुला रहने जनाइएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीबाट अनलाइन आवेदन गर्न सकिने व्यवस्था छ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले ३२ करोड रुपैयाँबराबरको ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले बाग्लुङमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादन सुरु गरिसकेको छ भने सोही क्षेत्रमा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माणाधीन रहेको जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology