Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

इच्छाकामना न्युज

२३, माघ २०८२
घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

images
images

यस्तै युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ७८ र बिक्रीदर ३७६ रूपैयाँ ३४ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०८२ शुक्रवार - ०७:४६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology