Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गोरखामा युवती बलात्कार गरी फरार सोम बहादुर बाचे कालीकोटबाट पक्राउ

गोरखामा युवती बलात्कार गरी फरार सोम बहादुर बाचे कालीकोटबाट पक्राउ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
गोरखामा युवती बलात्कार गरी फरार सोम बहादुर बाचे कालीकोटबाट पक्राउ
images

गोरखा २४, फागुन । गोरखा सदरमुकाममा एक महिललाई बलात्कार गरेको आरोप लागेका १ जना पुरुषलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका ६ सातधुरे बस्ने बर्ष ३० को राम भन्ने सोमबहादुर बाचेलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले बताउनुभयो । ।

‘सदरमुकामकै एक होटलमा लगी २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी कार्यालयमा परेको र उनलाई खोजतलास गर्ने क्रममा कालिकोटमा फेला पारी अडसार गरी गोरखा ल्याई मुद्वा दर्ता गराईएको’ प्रनाउ दाहालले बताउनुभयो । कार्यालयले दिएको जानकारी अनुसार सदरमुकामको धावा बोर्लाङ्गकोटकाली होटल एण्ड लजमा नाम परिवर्तन गरिएकी ‘थ’ कुमारीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै पिडितले प्रहरी कार्यालयमा माघ ११ गते उजुरी दिएका थिए ।

कार्यालयले पिडकलाई खोजी गर्ने क्रममा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका २ जिते बजारमाबाट नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । फागुन १६ गते नियन्त्रणमा लिएको उनलाई २० गते गोरखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०८:३३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology