Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या

मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या

इच्छाकामना न्युज

१९, मंसिर २०८२
मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या
images

राधा लुइटेल, फिदिम । पाँचथरको तुम्बेवा–३ कोप्चे सिरानटोलका रेशम लावतीले बन्चरो प्रहार गरी पाँच वटा पशुको हत्या गर्नुभएको छ ।  

images
images

उहाँको मानसिक सन्तुलन गुमेपछि यसो गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथर प्रहरीले जनाएको छ । २४ रेशमले बिहीबार आफ्नै गोठमा गएर दुई गाई, एक बाछो, दुई बाख्रा र एक कुकुरको बच्चामा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा एक बाछो गम्भीर घाइते भएपछि स्थानीय पशु चिकित्सकमार्फत उपचार भइरहेको छ । अन्य पाँचवटै पशुको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ । प्रहरीले लावतीलाई परिवारको जिम्मामा उपचारका लागि धरानस्थित घोपा अस्पतालतर्फ पठाइएको जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर १९, २०८२ शुक्रवार - ०९:२४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology