Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिल्ला प्रशासन तनहुँको अतिरिक्त समय हट्यो

जिल्ला प्रशासन तनहुँको अतिरिक्त समय हट्यो

इच्छाकामना न्युज

१४, मंसिर २०८२
जिल्ला प्रशासन तनहुँको अतिरिक्त समय हट्यो
images

तनहुँ। जिल्ला प्रशासन कार्यालयले अतिरिक्त समय हटाएको छ। राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो।

images
images

कार्यालयले बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवा प्रवाह गर्दा सहज रूपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारदेखि बिहान १०ः०० देखि ४ः०० बजेसम्म नै सेवा सञ्चालन हुने कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए।

‘जेनजी’ प्रदर्शनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट केही समयपश्चात् आवश्यक सामग्री उपलब्ध गराएपछि सेवा प्रवाह भइरहेको छ। 

images
प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - ०९:०४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology