Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्याङ्गजामा ३८ वर्षपछि फरार प्रतिवादी पक्राउ

स्याङ्गजामा ३८ वर्षपछि फरार प्रतिवादी पक्राउ

images

इच्छाकामना न्युज

१३, मंसिर २०८२
स्याङ्गजामा ३८ वर्षपछि फरार प्रतिवादी पक्राउ
images

राधाकृष्ण डुम्रे, वालिङ(स्याङ्जा)। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई ३८ वर्षपछि पक्राउ गरेको छ ।

डाँकाचोरी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट आठ महिना चार दिन कैद तोकिएका पुतलीबजार नगरपालिका–८ (साविकको कोल्मा बराहचौर गाविस–८) का ६८ वर्षीय कृष्णबहादुर शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शाहीले पुतलीबजार नगरपालिका–८ (साविकको बहाकोट–७) गेउडाँडामा भएको डाँकाचोरी घटनामा स्याङ्जा जिल्ला अदालतले २०४३ साल माघ ७ गते कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

पक्राउ परेका शाहीलाई कैद भुक्तानको लागि अदालतमा उपस्थित गराइ जिल्ला कारागार स्याङ्जा चलान गरिएको उहाँको भनाइ छ । शाही लामो समयदेखि लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - ०८:३८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology