Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षसम्म अलपत्र

लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षसम्म अलपत्र

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षसम्म अलपत्र
images

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ ।

images
images

विसं २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भइसकेको छ । ६ वटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र अवस्थामा रहेको उनले बताए ।

‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, वडाध्यक्ष विसन्केले भने, ‘राज्यको चार करोड रुपैयाँ खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौं ।’

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्मा बताउँछन् ।

पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । ‘राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने, ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।’

२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:०१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology