Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
images

धनुषा । धनुषामा यात्रुबाहक बसले र अटोरिक्सालाई ठक्कर दिँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

images
images

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो ।

प्रहरीका अनुसार दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो ।

दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ। घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:१५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology