बेनिघाट रोराङ, २१ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालय प्रशासनले अनुशासनको नाममा विद्यार्थी माथि अमानवीय हर्कत गरेको पाईएको छ। केहि विद्यार्थीहरुले विधालय प्रशासनको अनुसाशन विपरित कपाल पालेको भन्दै अमानवीय तरिकाले चारपाटा मुडेर विद्यार्थीहरुलाई घर पठाईदिएका छन्।
अनुशासन बिपरित कपाल पालेको निहुँमा विद्यालय प्रशासनले विद्यार्थी माथि जुन अमानवीय तरिकाले चारपाटा मुडेर घर पठाउने काम गरेको छ त्यो अत्यन्तै गलत भएको पिडित विद्यार्थीका अभिभावकले आरोप लगाएका छन। पिडित अभिभावकले सञ्चारकर्मीहरुलाई उपलब्ध गराएको फोटोमा कपाल काटिएका केही बिद्यार्थीहरुको कैचिले काटेको टाउकोमा घाउ तथा कुटपिटबाट आंखामा समेत चोट देखिएको छ।
विद्यार्थी माथी भएको अमानवीय घटनाको बारे जिज्ञासा राख्दा विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले विद्यालयलाई लागेको आरोप मिथ्या भएको र त्यस्तो अमानवीय घटना केही नभएको तर बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुको चरित्र हत्या गर्न केही ब्यक्ती लागिपरेको आरोप लगाउनु भएको छ। उहाको अनुसार पिडित भनिएका विद्यार्थीहरु अहिले विद्यालयमा नियमित अध्ययन गरिरहेको जानकारी दिनु भएको छ।
इच्छाखबर अनलाईनबाट