Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको टिकौली जंगलमा २ बस र ट्रक ठोक्किएर दुर्घटना, ३३ जना घाईते

भरतपुरको टिकौली जंगलमा २ बस र ट्रक ठोक्किएर दुर्घटना, ३३ जना घाईते

इच्छाकामना न्युज

१४, कार्तिक २०८२
भरतपुरको टिकौली जंगलमा २ बस र ट्रक ठोक्किएर दुर्घटना, ३३ जना घाईते
images

भरतपुर । चितवनमा यात्रुबहाक दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते भएका छन । गयराती १ बजेको समयमा भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ना–६ ख ८१३ नम्वरको ट्रकको पछाडि रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्वरको यात्रुबहाक बस र सोही बसको पछाडि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्वरको बस ठक्कर खाएको हो ।

images
images

दुर्घटनामा दुवै बसका ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

घाइतेमध्य १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो । दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८२ शुक्रवार - ०८:१९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology