Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङ-नारायणगढ दुर्घटना अपडेट : २१ जना घाइते

मुग्लिङ-नारायणगढ दुर्घटना अपडेट : २१ जना घाइते

इच्छाकामना न्युज

१, कार्तिक २०८२
मुग्लिङ-नारायणगढ दुर्घटना अपडेट : २१ जना घाइते
images

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ७ वटा सवारीसाधन एकअर्कासँग ठोक्किएर दुर्घटना भएको थियो ।

images
images

भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए।

त्यस बसको पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग. २ ख. १६२६ नम्बरको बस, त्यसपछाडिको ना. ३ च. ३२५६ नम्बरको बलेरो र बि ए बि ८४७० नम्बरको भारतीय कार ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइतेको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ। अहिलेसम्म नेशनल सिटी अस्पतालमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले पनि जानकारी दिएको छ।

अझै घाइतेको सङ्ख्या थपघट हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनको अनुसार घटनाको थप विवरण अझै आउन बाँकी छ। अहिले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - १०:४४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology