Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जुम्लामा गाडीभित्र युवक मृत फेला

जुम्लामा गाडीभित्र युवक मृत फेला

इच्छाकामना न्युज

२३, आश्विन २०८२
जुम्लामा गाडीभित्र युवक मृत फेला
images

सिँजा (जुम्ला) । जुम्लामा एक युवक गाडीभित्र मृत फेला परेका छन् । हिमा गाउँपालिका–१ आचार्यवाडामा बुधबार साँझ करिब ८ः३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी नम्बर क.प्र. ०२–००१ ख ११८० को कोलियामा एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

images
images

मृत युवा हिमा गाउँपालिका–१ आचार्यबाडाका २२ वर्षीय गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घटनाबारे सूचना पाएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०९:०२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology