Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महोत्तरीमा आन्दोलनको मौका छोपी १८३ सालका रुख काटिए

महोत्तरीमा आन्दोलनको मौका छोपी १८३ सालका रुख काटिए

इच्छाकामना न्युज

२८, भाद्र २०८२
महोत्तरीमा आन्दोलनको मौका छोपी १८३ सालका रुख काटिए
images

महोत्तरी । आन्दोलनको मौका छोपी महोत्तरीमा एक सामुदायिक वनबाट १८३ वटा सालको रुखहरू कटान भएको छ । वर्दिवास नगरपालिका ५ स्थित टुटेश्वनाथ साझेदारी वन उपभोक्ता समितिको मातहतमा रहेको सो सामुदायिक वनबाट सो परिमाणको रुखहरू  काटिएको हो । 

images
images

आन्दोलनको दिन युवाहरूको एक समूह दिउँसोको समयमा कार्यालयमा पुगि आगजनीको प्रयास गरिएको उपभोक्ता समितिका अध्यक्ष विनय झाले बताए । अध्यक्ष झाका अनु्सार सोही दिन उक्त समूहले १८ वटा रुखहरू कटान गरेका छन् भने त्यसको भोलिपल्ट थप १६५ वटा रुखहरू कटान गरिएको हो । 

उनले भने, ‘त्यस दिनको घटनापछि प्रहरीले बुधबार रुख कटानमा संलग्ने आरोपमा कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरि नियन्त्रणमा लिएको थियो । तर, सयौँ गाउँलेले प्रहरीलाई घेराबन्दी गरेपछि उनीहरूलाई छाडेको थियो ।’

आन्दोलनको मौका छोपी गरिएको रुख कटानको सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गर्नका लागि वन कार्यालयलाई आफूले निर्देशन दिई सकेको प्रमु्ख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । यस कार्यमा संलग्न जो सुकै व्यक्ति भए पनि वन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिसालले प्रतिबद्धता जाहेर गरेका छन् । 

images
प्रकाशित मिति :भाद्र २८, २०८२ शनिवार - ०८:५८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology