Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ४० करोड ५ लाख बढीको क्षति 

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ४० करोड ५ लाख बढीको क्षति 

सिआईएन

२०, फाल्गुण २०७७
ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ४० करोड ५ लाख बढीको क्षति 
images

ताप्लेजुङ, २० फागुन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । ५० घर पूर्ण रूपमा जलेको र तिनका ३३ घरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएका छन् ।

images
images

आगलागीबाट १ करोड ६० लाख ५८ हजार रुपैयाँ नगदै जलेको पाइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले सीआइएनलाई जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेको संयोजकत्वमा गठित समितिले आज क्षतिको विवरण सार्वजनिक गरेको हो ।

आगलागी पीडित ६३ परिवारका लागि गाउँपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आजै राहत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।

यसैबीच, आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली दोभान बजार पुगेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:२३:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology