Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चन्द्रनगरको घोलमा मृत भेटिए भरतपुरका जीतबहादुर

चन्द्रनगरको घोलमा मृत भेटिए भरतपुरका जीतबहादुर

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
चन्द्रनगरको घोलमा मृत भेटिए भरतपुरका जीतबहादुर
images

भरतपुर, १९ फाल्गुन ।
भरतपुर–२१ रतनपुरका जीतबहादुर तामाङ मृत फेला परेका छन् । रतनपुरदेखि करिब २ किमि टाडा रहेको भरतपुर–२० को चन्द्रनगरको घोलमा आज (बुधबार) विहान मृत फेला परेका हुन् । 
तामाङ फागुन १८ गते राती घोलमा खसेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  उनी घोलमा साइकल सहित लडेको अवस्थामा फेला परेका थिए । धेरै वर्ष वैदेशिक रोजगारीमा रहेका तामाङ केही वर्षदेखि नेपालमै रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले भरतपुर अस्पतालमा शवको पोष्टमार्टम गरिएको जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:४५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology