काठमाण्डौ, १९ फाल्गुन
आज सुन र चाँदीको भाउ बढेको छ ।आज सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।