Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अवैध लागुऔषध सहित चितवनमा २ जना पक्राउ

अवैध लागुऔषध सहित चितवनमा २ जना पक्राउ

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
अवैध लागुऔषध सहित चितवनमा २ जना पक्राउ

चितवन, १७ फागुन । चितवनमा लागु औषध सहित दुईजना पक्राउ परेका छन । भरतपुर महानगरपालिका ११ प्रगति पथ र १ को पुल्चोक–पोखराबसपार्क सडकबाट उनिहरुलाई आइतबार पक्राउ गरिएको हो ।

images

प्रगतिपथबाट पक्राउ भएका भरतपुर महानगरपालिका १२ बस्ने ३७ बर्षिय राजकुमार थापाको साथबाट डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनारगन ११ थान बरामद गरिएको छ । उनलाई प्रहरीको नियमित गस्ति टोलीले पक्राउ गरेको हो ।

यस्तै भरतपुर महानगरपालिका १ स्थित पुल्चोकबाट पोखराबसपार्क जाने सडकपेटिमा हिडिरहेको अवस्थामा भरतपुर महानगरपालिका १३ चितामाई बस्ने २२ बर्षिय सुनिल विक लागुऔषध सहित पक्राउ परेका छन । उनको साथबाट फेनारगन ८४ एम्पुल, डाइजेपाम ८४ एम्पुल र नुरफिन ८४ एम्पुल बरामद गरिएको छ ।

उनिहरु दुबै जनालाई चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १९:५८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology