Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

फेशनकी गुरु सोन्या गुरुङको फरक शैंली अनि समाजसेवा 

फेशनकी गुरु सोन्या गुरुङको फरक शैंली अनि समाजसेवा 

इच्छाकामना न्युज

२६, आश्विन २०७७
फेशनकी गुरु सोन्या गुरुङको फरक शैंली अनि समाजसेवा 

नविन गुरुङ
धरान, २६ असोज । अनाथ भन्न साथ सामान्यताः नेपाली समाजभित्रका एक थरिका यस्तो सोचाई छ कि उनीहरु दयाका पात्रहरु हुन् । धेरैमा उनीहरुलाई हेर्ने दृष्टिकोण नै फरक रहेको पाईन्छ अनाथ विचरो वा विचरा । लाग्न त तितो नै लाग्छ, मन पनि दुख्छ तर, सत्य यही हो ः अनाथ बालबालिकालाई धेरै यस्तै र यहि भावले हेर्छन, बुझ्छन् । 
सोन्या गुरुङ, नेपालकै सुप्रसिद्ध फेसन स्टाइलिस तथा सोन्याज रनवेकि संचालिका, भने समाज भित्रका यो सस्तो विचार र संक्रीण भावलाई मान्न तयार छैनन् । भन्छिन्, सबै (चाहे अनाथ हुन् वा अन्य) माया र प्रेमका बराबर हकदार हुन् । 
सोन्याका बुझाईमा अनाथहरुलाई दयाको भावले हेरिरहन जरुरी छैन् । सामान्य बालबालिका जस्तै उनीहरु पनि उस्तै हुन् र उनीहरुलाई पनि समाजले समान इज्जत र स्थान दिन सिक्नु पर्छ । 

images

121583946_379100673229193_658441487958878194_n.jpg

खासगरि, समाजसेवाको नाममा प्रयोग गरिसकेका थोत्रा कपडाहरु अनाथ बालबालिकाहरुलाई दिईएकोमा सोन्याको साह्रै मन दुखेको छ । समाजभित्रका संक्रिण भाव र परम्परागत विचार प्रति उनी निक्कै रुष्ट छिन् । यस्ता विचारभाव बदल्न पर्नु उनको जिकिर छ । 
समाजसेवा गरेको भनेर संसारलाई देखाउने तर, अनाथ बालबालिकालाई चै अनाथ हुनुकै कारण सेकेण्ड हेण्ड (प्रयोग गरिसकिएको) कपडा वा सस्तो कपडा (सहयोग) दिएर उनीहरुमाथि विभेद गर्ने ?, सोन्या प्रश्न गर्छिन, यदि साच्चै अनाथमाथि सेवा गरेको हो भने, उनीहरुको इच्छा बमोजिमको गिफ्ट (उपहार) हामी किन दिदैनौं ? किन, सेकेण्ड हेण्ड वा, सस्तो कपडा दिएर उनीहरुमाथि अन्याय गछौं ? अनाथसँग यो भेद्भाव गर्न मिल्छ ?

121416573_335696580864539_86579257427583205_n.jpg121451821_339588280449226_8609169319409775888_n.jpg

उनको अनुसार, सस्तो र सेकेण्ड हेण्ड कपडा वा सामाग्री दिएर प्रचार चै लाखौं नै दिए जस्तो गर्नु भनेको आफैसँग बेईमानी गर्नु हो । भन्छिन्, यदि मनभित्रबाट वा मनैदेखि दिएको हो भने खुल्ला मनले नै दिऊ । समाजसेवा गर्दा डराउनु पर्दैन । र, अनाथ भनेर विभेद् गर्नु पनि हुदैन । 
एक छोरीकी आमा समेत रहेकीले माया, प्रेम र स्नेह के हो ? आफुले महशुष गर्न सक्ने बताउदै सोन्या भन्छिन्, उनीहरु (अनाथहरु) पनि हाम्रै सन्तान हुन् । उनीहरुलाई दिदाँ पनि हामीले हाम्रा सन्तानलाई दिए जस्तै दिऊ । किनकी, सबैले सबैको समान माया, प्रेम पाउनु पर्छ ।
युमी, उनकी एक्ली छोरी हुन् । आफ्नी छोरी युमीबाट नै सोन्याले जम्मा एकतिस जना बालबालिकालाई ब्राण्डेड् कपडाहरु वितरण गरेकी र्थिईन् । आश्रम घरका सबै बालबालिकालाई सहयोग कार्यक्रम पहिले नै भेटेर उनीहरुलाई फि हुने र सुहाउदो नयाँ कपडाहरु सोन्या स्वंयमले छनौंट गरेकी हुन् ।सबै कपडाहरु दशैंको अवसरमा उपहार स्वारुप वितरण गरिएको हो ।   

121536318_827020911459416_7389311963519339893_n.jpg
नेपालकै सुप्रसिद्ध फेसन स्टाइलिस तथा सोन्याज रनवेकि संचालिका सोन्याले आफ्नो नयाँ फेसन आउटलेट सोनिया स्टायलस्को शुभाराम्भ गर्दै अनाथ बालबालिकाहरुलाई ब्राण्डेड् कपडाहरु वितरण गर्नुका साथै खाद्यन्न लगायतका राहत सामाग्री हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक संस्थाले काठमाण्डौंमा संचालन गरेको बाल आश्रम घरलाई आईतबार सहयोग गरेकी हुन् । 
सो अवसरमा, आश्रम घरका अनाथ बालबालिकाहरुको हौसलाका निम्ति उनीहरुद्धारा नै ¥याम्प र्वक पनि गराईएको थियो । 
कार्यक्रमपछि सोन्या स्टायलस्को अफिसियल फेशबुक पेज मार्फत कार्यक्रमलाई सफल पार्नका लागि युएई दुबईबाट योगदान गर्ने मोहित टांग्री र प्रदीप पलसहित कार्यक्रममा सहभागि विशिष्ट अतिथिहरु, आश्रम घर र आफ्ना टिमका सबै प्रतिनिधीहरुलाई सोन्याले धन्यवाद व्यक्त गरेकी छिन् । 

121433873_1101193590283955_5281643602234776814_n.jpg
सधैं फरक र भिन्न शैलीका कार्यक्रमहरु गर्ने सोन्याले आफ्नो अर्को व्यवसायीक आउटलेट पनि भिन्न तरिकाले शुभाराम्भ गरेकी हुन् । तर, उनी यसलाई प्रचारको लागि नभई मनभित्रबाट अनाथ बालबालिकाहरुका लागि गरिएको एक विशुद्ध समाजसेवी कार्य भनि दाबी गर्छिन् । 
यो सानो सहयोग गर्दा बालबालिकाका मुहारमा खुशी देखे यो नै मेरो सन्तुष्ठी र सफलता हो । सोन्याले कार्यक्रमपछि गोर्खा खबरसँग मोबाईल सम्पर्कमा भनिन्, देखाउनलाई भन्दा पनि मनले गर्छु भनेर गरेको थिए, गरे । निक्कै आनन्द महशुष भईरहेको छ ।  
सोन्या स्टायलस्ले कोभिड १९ का कारण हाल अनलाईन सेवा मात्र उपलब्ध गराउने छ भने तिहारपछि प्रत्यक्ष व्यवसाय गर्नका लागि अवस्था र परिस्थीति सामान्य बन्यो भने आउटलेट स्टोर मार्फत पनि विक्री शुर गर्ने बताएको छ । अनलाईन मार्फत देशैभर सेवा दिने सोन्या स्टायलस्ले भविष्यमा नेपालका मुख्य शहरहरुमा आउटलेट संचालन गर्ने पनि योजना बनाएको छ । 

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १६:३४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology